The following photo shows the Meri Bassai team mourning on the failure of Constitutional Assembly to draft the Constitution. Featured are: Magne Budha (Kedar Ghimire), Dhrumus (Sitaram Kattel), Bandre (Suraj Chapagain), Suntali (Kunjana Ghimire).

निश्चित मितिमा संविधान नबन्ने पक्का भएपछि हास्य टेलिशृङ्खला मेरी बास्सैका माग्नेबूढा केदार घिमिरेले मंगलबार एक वर्षदेखि पालिरहेको कपाल र दाह्री खौरिए भने उनको कसममा साथ दिँदै सीताराम कट्टेल (धुमुर्स) र सुरज चापागाईं (बान्द्रे) ले पनि दाह्री र कपाल खौरिई सेतो कपडा बाँधे । कुञ्जना घिमिरे (सुन्तली) ले सेतो पहिरन लगाइन् ।

मेरी वास्सैका हास्य कलाकारद्धय केदार घिमीरे माग्नेबुढा र सीताराम कट्टेल धुर्मुशले तोकीएको समयमा संविधान नवन्ने निश्चीत भएपछि कपाल दारी खौरी संविधानको शोक मनाएका छन । यो जोडीले मंगलबार सीताराम निवास ललितपुरको खुमलटारमा कपाल मुन्डन गरि टाउकामा सेतो टालो बाँधी शोक मनाए ।

माग्नेबुढा र धुर्मुशको जोडी सगै कुन्जना घिमीरे सुन्तलीले पनि शोककै लागि सेतो वस्त्र लगाइ उनीहरुसगै एक छाक छोडेकी छन । यता सोही सिरीयलका सुरज चापागाई बान्द्रेले भने सीताराम केदारले कपाल खौरन्जेल एउटा खुट्टा उचालेर जनआन्दोलनका घाइतेहरुको पिडाबोध गरेका थिए । तोकिएको समय जेठ १४ भित्र संविधान बनाउन दवाव दिने उदेश्यले केदारले संविधान नवनेसम्म दारी कपाल नकाट्ने भनि एकवर्ष अघि प्रतिवद्धता गरेका थिए । प्रतिकात्मक रुपमा ६०१ सभासदको काजकि्रया गरेका बताएका छन। शुरुमा पशुपतिमा गएर कुशको ६०१ सभासदको पुत्ला बनाएर दाह संस्कार गर्ने भनिएपनि परिवर्तित अवस्थालाई विचार गरि त्यसो नगरीएको माग्नेबुढाले बताए ।

‘संविधान बनाउन पठाएका ६०१ सभासदले जनताको पसिनाले तिरेको अरबौ करबाट तलवभत्ता सेवा सुविधा लिने भन्दा अरु केही सोचेनन संविधान बनाउने भन्दा पनि कुर्सीको लागि लुछाचुडीमै लागेकाले हामीले संविधान बनाउन दवाब दिन यस्तो प्रतिबद्धता जनाएका थियौ’ सीताराम/केदारले भने – ‘तर राजनिती कुर्सीकै वरिपरि घुमिरह्यॊ । त्यसैले यस्तो गर्न बाध्य भयौ ।’

जनताले नयाँ संविधान बनाएर देशलाई शान्ति र विकाशको बाटोमा डोर्‍याउन जनादेश दिएपनि सत्ताकै खेलमा नेताहरु केन्द्रित रहेकाले जिम्मेवारी बोध गराउन कपाल मुन्डन गरेर शोक मनाउनु परेको सीतारामले बताए। यता श्रीमानकै अगाडि सेतो वस्त्र लगाएकी कुन्जनाले भनिन, ‘मेरा लागि मेरो पति भन्दा देश ठुलो हो ।’ कलाकारहरुले मनोरन्जनमात्र दिने नभएर राष्ट्रसमाज र जनता प्रति पनि उनीहरुको उत्तिकै उत्तरदायित्व हुने भएकाले यसप्रति आवाज बुलन्द पार्न यसो गरिएको उनीहरुको भनाइ छ ।(source)

Incoming search terms for the article:

No Responses to “Meri Bassai team mourned on the failure of Constitutional Assembly to draft the Constitution”

Comments (3) Pingbacks (1)
  1. deep says:

    all leaders of Nepal need kursi to themselves,they want earn to much money and power.They have no more time to think for Nepal and its people.

  2. Anil Bista aussie says:

    hello everybody
    i think nepal didn’t able to get peace and develop because of poltical party and poltician. i love meribasai team and will be. i wil pray the good success for meribasai.

  3. madhav sigdel says:

    jya pasupati nath

    kusko putla hoina neta haru jati lai areghatma judai dagbatti dinu parni ho kinaki ie neta harulai des kasari chlauni bhanni kura thaha 6ena la. all the best and i will pray for sucess of meri basai and netaharuko anntesti
    jai pasupathi nath if u r realy our god please kill all the neta from nepal

Leave a Reply

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

© 2010 Serial Sansar Privacy Policy of Serial Sansar